२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

कृषिमा अध्यनरत विद्यार्थी गरे वातावरण दिवसका दिन विभिन्न कार्यक्रम

विश्व वातावरण दिवसका अवसरमा आज तुलसीपुर उपमहानगरपालिकामा रहेको पर्यटकीय तथा वनभोज स्थल साततले क्षेत्रमा सरसफाइ गरिएको छ ।

गुरु जजुर मा वि रक्षाचौरमा अध्ययनरत कृषि संकायका विद्यार्थीहरुको आयोजनामा साततले क्षेत्र सरसफाइ गरीएको एक विद्यार्थीले जानकारी दिएका हुन। उक्त विद्यायलयमा कार्यरत कृषि शिक्षक राजीब रेग्मीको नेतृत्वमा गएको उक्त टिमले सरसफाइ मात्र नभै जनचेतना मुलक वातावरण संरक्षण सम्बन्धी नाटक पनि प्रस्तुत गरिएको थियो।

वातावरण जोगाउने हामी सवैको दायीत्व रहेको भन्दै अहिले विश्व भरी फैलिएको पलाष्टिकजन्य प्रदुषण निर्मुल पारी वातावरणमैत्री विकल्पको उपयोगलाई व्यवहारीक रुपमा कसरी प्रयोग गर्ने भनी उक्त नाटकमा देखाइएको थियो।

राजिब रेग्मी सरको उद्घाटन बाट सुरु गरिएको उक्त कार्यक्रममा कृषि शिक्षिका समिक्षा गुप्ता शिक्षक इल्टन गुप्ता लगायत कृषिमा अध्यनरत विद्यार्थी हरुको सहभागी थियो।
राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस