२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

दाङमा वडा अध्यक्षले कार्यकक्षमै गरे शिक्षा अधिकृतलाई हातपात

शान्तीनगर गाउँपालिकामा शिक्षा अधिकृत माथि हातपात भएको छ । आज दिउँसो ४ बजे को समयमा सबै कर्मचारीहरुले काम गरि रहेको अवस्थामा वडा नम्बर २ का वडा अध्यक्ष सुनिल ओलीले शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको गाउँपालिकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

वडा अध्यक्ष सुनिल ओलीले संघिय सरकारको सर्शत बजेट अन्तरगतको जनकल्याण मावि सिमसुन्दरपुरमा स्थापना हुने पस्तकालय सम्झौताको फाइल मागेर विवाद झिकेको बताइएको छ ।

सोही विषयको छलफलमा तर्क, विर्तक हुँदा शिक्षा अधिकृत पाण्डेमाथि अध्यक्ष ओलीले हातपात गरेको भनाइ छ । अध्यक्ष ओलीले पटक-पटक यस्तो काम गरेकाले कारबाहीको लागि माग गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस