२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

शिक्षा अधिकृतलाई हातपात गर्ने वडा अध्यक्ष प-क्राउ

दाङको शान्तिनगर गाउँपालिका –२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडा अध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट ११:५० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन ।

पक्राउ परेका वडा अध्यक्ष वलीलाई जाहेरीका आधारमा आजै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने डीएसपी गौतमले जानकारी दिएका छन । अनुसन्धानका लागि आजै म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाउने तयारी गरिएको छ ।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेपनि उनिबिरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार उजुरी परेको थियो ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस