२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कपिलवस्तुमा धान रोप्नर श्रम उत्सवको उद्घाटन गरेका छन्

कपिलवस्तु नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम सी विप्लवले कपिलवस्तुमा धान रोप्नर श्रम उत्सवको उद्घाटन गरेका छन् ।

पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गतआत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०लेखिएको ब्यानर खोलेर धान रोप्दै महासचिव विप्लवले श्रम उत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा महासचिव विप्लवसहित सहभागी नेताकार्यकर्ता , कलाकारहरुले पेरिस कम्युनका योद्दा युजिन पोतरले रचेको कम्युनिस्ट अन्तरास्ट्रिय गित गाउँदै धर्ती हामी श्रमिकको हो, होइन जाली झेली काँतरहरुको भनेर सन्देश दिए।

महासचिव विप्लवले उद्घाटनका अवसरमा संक्षिप्त सन्देश दिदै आत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेता-कार्यकर्ता बनाउने उद्धेश्यले पार्टीले देशभर उत्पादनका काम गरिरहेको र सोही अवसरमा कपिलवस्तुमा धान रोपेर श्रमउत्सवको औपचारिक रुपमा सुरुवात गरिएको बताए ।

उद्घाटनपुर्व महासचिव विप्लवसहित हातहातमा धानका बीउ समाएका नेता-कार्यकर्ता , कलाकार , पत्रकार लगाएत सहभागीहरुले उत्साहका साथ इन्द्रेणी टिमलाइ स्वागत गरेका थिए ।

उद्घाटनपछिको धान रोपाइँमा इन्द्रेनी टिमका कलाकार छत्र शाहिले महासचिव विप्लवसहितका नेता-कार्यकर्ता सहितका सहभागीहरुसंग धान रोप्दै “असाढ रोपेका धान कार्तिक काटिन्छ , यस्तै कृषि गर्यो भने मनमुटु साटिन्छ”भनेर गितको भाकासहित श्रम -उत्सवमा सुनमा सुगन्ध थपेका थिए ।

श्रम उत्सवमा नेकपाका स्थायी समिती सदस्य विषम सीले संक्षिप्त प्रतिक्रिया दिदै पार्टीलाई आत्मनिर्भर बनाइ देशलाइ वैज्ञानिक समाजवादमा लिन धान मात्रै रोप्ने काम नभई वैज्ञानिक समाजवादको बीउ रोप्ने काम भएको बताए ।

यस्तै नेकपाका स्थायी समितिका सदस्य शिलु सी र सुशील सीले पार्टीलाई मात्र आत्मनिर्भर नभई देशलाइ नै आत्मनिर्भर बनाउने उद्देश्यले देशभर उत्पादनको काममा लागेको र झण्डै १०० बिघा जमिनमा यो वर्ष पार्टीले धान उत्पादन गर्ने बताए ।

नेकपाका पोलिटब्युरो सदस्य सन्जीव सी र आस्था सीले आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नका लागि श्रमउत्सव मनाइ धान रोपाइँ गरिरहेको बताए ।

उत्पादनमा सहभागीहरु निकै हर्षित देखिन्थे । सबै नेता-कार्यकर्ताको बिचमा महासचिव निरन्तर श्रममा खटिरहेका देखिन्थे ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस