२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

घोराही नगर खेलकुद विकास समितिको सदस्यमा सुनिता विष्ट मनोनित

घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिको सदस्यमा सुनिता विष्टलाई मनोनयन गरेको छ ।
घोराही उपमहानगरपालिका–१७ निवासी सुनिता विष्टलाई घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले शुक्रवार नगर खेलकुद विकास समितिको सदस्यमा मनोनयन गरेका हुन ।

घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७९ को दफा ३ को उपदफा (१) बमोजिम समितिको सदस्यमा मनोनयन गरिएको नगर प्रमुख नरुलाल चौधरीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ । लामो समयदेखि तेक्वान्दो खेलकुद क्षेत्रमा संक्रिय रहेकी विष्टले दाङ र नेपालको प्रतिनिधित्व गरेर स्वदेश तथा विदेशका थुप्रै प्रतियोगितामा सहभागिता समेत जनाएकी छिन ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस