
बबई गाउँपालिका प्खको कार्यकक्षमा आगलागी भएको छ । सोमबार बेलुकी सवा ७ बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायब निरीक्षक भीम बहादुर सुनारले जानकारी दिए । आगलागीबाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका २ वटा सोफा सेट, टेबुल लगायत सामानहरू जलेर पूर्ण रुपमा क्षति भएको छ, भने र झ्यालमा समेत क्षति भएको प्रहरीले बताएको छ ।
सुरक्षागार्डले झ्यालबाट आगोको धुँवा देखेपछि प्रमुख प्रशासकीय अधिकृतलाई खबर गरेको र तत्कालै उहाँले प्रहरीलाई खबर गरेको बताईएको छ । आगलागी भएको केही समयमै प्रहरी, स्थानीय र कर्मचारीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुँदा ठुलो क्षति हुनबाट बचेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार