२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

दाङमा खुल्यो ५० लाख लागतमा सीटी टाउन होटेल

दाङकाे तुलसीपुर –९ दोघरे स्थित टाउन प्लानिङमा ५० लाख लागतमा सिटी टाउन होटल सञ्चालनमा आएको छ । आर्थिक मन्दिकाबीच व्यवसायीहरू पलायन भइरहेका बेला सिटी टाउन होटल सञ्चालनमा आएको हो । ८ वर्ष भारतको गुवामा होटल क्षेत्रमा काम गरेका प्रशान्त भारतीले विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने र आर्थिक आम्दानी मार्फत जिवीको पार्जन गर्ने उद्देश्यले होटलमा लगानी लगाएको बताएका छन ।

होटलमा चाइनिज, इन्डियन, लगायतका विभिन्न खानाको परिकार बनाइने सञ्चालक भारतीले बताएका छन । जस मध्य सबै भन्दा बढी अर्गानिक खानालाई जोड दिइने बताइको छ । यसैबीच एक कार्यक्रमका बिच होटलको उद्घाटन गरिएको छ । होटलको उद्घाटन तुलसीपुर उद्योगवाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे गरेका थिए ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस