
दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ८ बस्ने २६ वर्षीय अनिल नेपाली रहेका छन् ।
१८ वर्षीया किशोरीलाई गत बिहीबार राति रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले आइतबार राति नेपालिलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०८० साउन १ गते सोमवार