२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन्न ।बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको हो ।

बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल त्यसतर्फ जाने जानकारी दिइन् ।

उनका अनुसार प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालसमेत सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड ६ साउनको बेलुका इटाली प्रस्थान गर्नेछन् । बुधबारको मन्त्रिपरिषद बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस