२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

सर्पको टोकाइबाट एक जनाको मृत्यु

दाङमा सर्पको टोकाइबाट ५० वर्षीय वृद्धाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजेको समयमा शान्तिनगर गाउँपालिका ३ बस्तीखोला निवासी ५० वर्षीय दल बहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा करिब ३ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । घर्तीको शवलाई पोस्टमार्टका लागि सोही अस्पतालको शव गृहमा राखिएको छ । घर्ती घरमा एक्लै बस्दै आएका थिए । उनका छोराबुहारी वैदेशिक रोजगारको सिलसिलामा बाहिर बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस