२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

प्युठानमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

प्युठानमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ऐरावती गाउँपालिका-५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती महिलालाई ऐरावती गाउँपालिका-२ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस