दाङको तुलसीपुर स्थित रेडियो प्रकृति एफएम र तुलसीपुर खबर डटकममा कार्यरत पत्रकार चेतन वलीमाथी भएको दुव्र्यवहार प्रति पत्रकार महासंघ दाङ शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
दंगीशरण गाउँपालिका वडा नम्बर १ को सडक मर्मत र प्रतिक्षालय निर्माणको बारेमा लेखिएको समाचारको विषयलाई लिएर सशस्त्र प्रहरीको कालिका गण पोखरामा कार्यरत जवान दिप बहादुर बस्नेतले दुव्र्यवहार गरेका थिए । समाचारको विषयलाई लिएर फोनबाट पटकपटक धम्क्याउने गरेको र सोही विषयलाई लिएर आज सोमबार प्रत्यक्ष रुपमै गरेको दुव्र्यवहारप्रति गम्भिर आपत्ती प्रकट गर्दछौ’ पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी र सचिव आर.के शीतलद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
समाचारमा चित्त नबुझे खण्डन गर्ने र खण्डन नभए प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुदाहुदै पनि पत्रकारलाई समाचारकै विषयलाई लिएर गाली गलौज गर्ने र दुव्र्यहार गर्ने कार्य निन्दनिय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै आगामी दिनमा यस्ता कार्य नगर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षलाई सचेत चाहान्छौ’ विज्ञप्तीमा भनिएको छ ।