२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

दाङमा विवाह गर्ने बहानामा घरमै बोलाएर जवरजस्ती करणी गर्ने युवक पक्राउ

बिवाह गर्ने प्रलोभन देखाएर करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगपरलिका–१५ गोरक्ष टोलका २० वर्षीय श्रवण खनाल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरिक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिएका छन ।

एक १७ वर्षीया किशोरीलाई बिवाह गर्ने भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई मंगलबार साझँ पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस