२०८२ चैत्र २७ गते शुक्रवार | 2026 April 10th Friday

त्रिवेणि गाउँपालिकाका पशु विकास शाखा प्रमुखमाथि कुटपिट

सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथी कार्यकक्षमै कुटपिट भएको हो ।
बुधबार दिउँसो त्रिवेणी, ६ कोसपिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखाप्रमुखमाथी आक्रमण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकै उत्कृष्ट कर्मचारी रावतमाथी कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले कुटपिट गर्ने व्यक्तिलाई प्रहरीको जिम्मा लगाई कारवाहीका लागि लेखि पठाइएको बताए ।

शाखा प्रमुख रावतले भने, “आफ्नै कार्यकक्षमा बसेर वार्षिक प्रगति विवरण तयार गर्दै थिएँ, दिउँसो २ बजेतीर उ मेरो कार्यकक्षमा आएर के गर्दैछौ भाई भन्यो । मेले काम गर्दैछु दाई भनेर फर्किने वित्तिकै आक्रमण गर्याे ।” आक्रमणबाट चश्मा फुटेको भन्दै उनले ५÷६ पटक टाउकोमा प्रहार गरेको जानकारी दिए । कर्मचारीमाथी कुटपिट गर्ने जनकलाई लगत्तै गाउँ प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहामलाई बुझाएको थियो ।

कुटपिट गर्ने जनकमाथी विहिबार प्रहरीमा जाहेरी दिने तयारी छ । केही वर्ष पहिले पनि त्रिवेणी गाउँपालिकामा लेखा प्रमुख माथी कुटपिट भएको भन्दै पशु विकास शाखा प्रमुख रावतले राष्ट्रसेवक कर्मचारीमाथि कुनै कमजोरी विना आक्रमण, कुटपिट हुनु दुःखद विषय भएको भन्दै आफ्नो जीउज्यानको सुरक्षाका लागि भएपनि दोषिमाथी कारवाहीका लागि प्रहरीकहाँ जाहेरी दिने तयारी गरिएको बताए ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस