२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

प्रेस युनियनमा पाँच सदस्य मनोनित

नेपाल प्रेस युनियन दाङको जिल्ला सदस्यमा पाँच जनालाई मनोनित गरिएको छ । शनिवार लमहीमा सम्पन्न युनियनको बैठकले आशिष केसी, प्रेम पुन, देवका परियार, मेघमान बुढा र ओमप्रकाश बसेललाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।

बैठकले संघको जिल्ला सल्लाहकारमा तीन जनालाई थप गरेको छ । युनियनका पूर्व जिल्ला अध्यक्ष सुशील बस्नेत, उपाध्यक्षहरु बसुन्धरा गौतम र लीला शाहलाई सल्लाहकारमा चयन गरेको युनियन दाङका सचिव अमरक्षिति भण्डारीले जानकारी दिएका छन् ।

बैठकले प्रेस युनियनलाई चुस्तदुरुस्तसँगै कुनै तत्काल गर्नुपर्ने निर्णयहरु गर्नेगरी प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालय सदस्यमा गोपाल शर्मा भट्राई, किरण शाह, पार्वती बस्नेत, अमरक्षितिज भण्डारी, लीलाधर वली, सन्तोष केसी, उमा भण्डारी, सुशीला वली, नारायण नेपाल, शिव पुन, हिमाल महरा, टेकबहादुर पुन,पूर्णप्रकाश विश्वकर्मा र नवराज घिमिरे छन् ।

बैठकले प्रेस युनियन दाङलाई संगठित र क्रियाशिल बनाउनका लागि प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको सयोजकत्वमा महिला विभाग गठन गरेको छ । सदस्यमा सुशीला वली, सपना पौडेल, देवका परियार र सदस्य सचिवमा उमा भण्डारी छन् । प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको बैठकमा प्रेस युनियनका केन्द्रीय सदस्य देवेन्द्र बस्नेतले युनियनलाई संगठित र व्यवस्थीत गराउदै युनियनले पत्रकारहरुको क्षमताअभिवृद्धिमा विशेष ध्यानदिन नेतृत्वलाई निर्देशन दिए । उनले त्यसका लागि अग्रज तथा नयाँ पुस्तासँग समन्वय गरेर अघि बढ्न सुझाव दिए ।

बैठकमा प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरीले प्रेस युनियनलाई जिल्ला पत्रकारहरुको अग्रनी सस्थाका रुपमा अघि बढाउन र लोकतन्त्रप्रति आस्थावान पत्रकारहरुकाविचमा बलियो सहकार्य गर्न सुझाव दिइन । बैठकको सहजीकरण जिल्ला सचिव भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस