२०८३ बैशाख २६ गते शनिवार | 2026 May 9th Saturday

कर्मचारीहरुको सरुवाको दबाब नदिन सामान्य प्रशासन मन्त्रीको आग्रह

काठमाडौ, १९ श्रावन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा गर्ने दबाब नदिन सबैसँग आग्रह गरेका छन। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री मोदीले आफू अनुकूलका कर्मचारीलाई सरुवा गराई माग्न राजनीतिक दल र जनप्रतिनिधिबाट दबाब आउने गरेकाले त्यसो नगर्न उनले आग्रह गरेका छन । आफू अनुकूलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाइ छ । कर्मचारीको सरुवा वैज्ञानिक विधीबाट मात्र गर्ने र स्थानीय तहहरु निमित्तको भरमा चलाउनुपर्न अवस्था अन्त्य गर्न लागेको उनले बताएका छन ।

अहिले झण्डै ९० वटा स्थानीय तहमा निमित्त प्रमुख रहेको र अब केही समयमा यो अवस्था अन्त्य गर्ने बताएका छन । अर्को प्रसङ्गमा उनले सरकारले भ्रष्टाचारका अन्य प्रकरणमा पनि छानबिन गर्ने बताएका छन । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करीको निष्पक्ष तरिकाले छानबिन गरिरहेको दाबी गर्दै उनले देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस