२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

कञ्चपुरमा श्रीमानको चक्कु प्रहारबाट श्रीमतीको मृत्यु

धनगढी, २० श्राउन । कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । दोधारा चाँदनी नगरपालिका ७ को कञ्जभोजका ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले २२ वर्षीया श्रमती द्रोपती बुढा क्षेत्रीलाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस