२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

दाङमा १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ, २७ साउन । दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो घोराही उपमहानगरपालिका ३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस