
काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनत पार्टीलाई पुनः सरकारमा ल्याउन मोदीलाई मन्त्रीबाट फिर्ता बोईएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए । मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी छ ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार