२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत वलि निलम्बन

दाङ,३० साउन । तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल वलीमाथि भ्रष्टाचारको मुद्दा दारय भएको छ । अख्तियारले बिशेष अदालतमा उनी विरुद्ध मुद्दा दायर गरेको हो । सुर्खेतको बीरेन्द्र नगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा बास्तबिक खर्च भन्दा बढि भुक्तानी गरेको भन्दै उनी विरुद्ध अख्तियारको कोहलपुर स्थित सम्पर्क कार्यालयमा मुद्दा दायर भएको थियो ।

सोहीका आधारमा खोजी गर्दा विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरि, खेस्रा नक्सा समेतको विपरीत हुने गरि तथा गुणस्तर हिन कामको पनि भुक्तानी दिएकाले उनी विरुद्ध मुद्दा दर्ता भएको हो । तत्कालिन अबस्थामा उनी उच्च मूल्य कृषि बस्तु विकास आयोजना, सुर्खेतमा कार्यरत थिए । उनीमाथि ७ लाख २६ हजार एक सय ८१ विगो कायम गरि मुद्दा दायर गरिएको हो । बिशेष अदालतमा मुद्दा दायर भएसंगै उनी स्वतः निलम्बनमा परेका छन् ।

उनी २०७९ बैशाख २२ गते मात्रै तुलसीपुर उपमहानगरपालिकामा हाँजिर भएका हुन् । उनीसहित ९ जना विरुद्द यही साउन २५ गते अख्तियारले विगो दावीसहित बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस