बर्दिया,१ भदौ । बर्दियामा श्रीमानले धारिलो हतियार प्रहारबाट आफ्नै श्रीमतिको हत्या गरेका छन् । बिहीबार बर्दिया बढैयाताल गाउँपालिका १ सानोडाँफे निवासी ५० वर्षीय कृपाल सुनारले ४० वर्षीया केशकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिएका छन ।
घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार