२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

हेटौंडामा स्कुल बसमै बालिकामाथि यौन दुर्व्यवहार

हेटौंडा, ३ भदौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- ११ मा रहेको हेटौंडा एकेडेमीमा अध्ययनरत ८ वर्षीया बालिकामाथि यौन दुर्व्यहार भएको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयको बसका सहचालकलाई पक्राउ गरेको छ । घरबाट विद्यालय जान बस चढेकी बालिकालाई सहचालकले बसमै यौन दुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ ।

बसका सहचालाकले गत साउन १५ बिहान बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको हो । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आज आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । अनुसन्धानकै क्रममा रहेको कारण प्रहरीले आरोपितको पहिचान खुलाएको छैन ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस