२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

दाङमा जबरजस्ती करणी गरेको आरोपमा रोल्पाका डाँगी पक्राउ

दाङ, ५ भदौ । दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका ४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस