२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

एमाले अध्यक्ष ओलीलाई पनि छानबिनको दायरामा सरकारले ल्याउनु पर्छ : मेटमणि चौधरी

काठमाडौं, ५ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओली पनि सुन तस्करीमा संलग्न रहेको आरोपसमेत लगाए ।

उनले ‘सबै काण्डहरुम्को अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ?’ भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको पनि बताए ।

‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भनें– सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, अरु जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । तर उनलाई किन पक्राउ नगरेको ?’, उनले भने ।
चौधरीले प्रायः एमाले अध्यक्ष ओलीविरुद्ध कडा अभिव्यक्ति दिइराख्छन् ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस