काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन ।
पुल्चोकस्थित मन्त्री निवास पुगेर उनले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन । प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गरेका छन ।
मन्त्री किरातीका बुवाको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो । उनि लामो समयदेखि अस्वस्थ थिए ।
प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार