२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवमा आचार्य निर्विरोध

दाङ,१८ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

आचार्य सचिव पदका मनोनयन दर्ता गराएका सोमनाथ सापकोटाले सोमबार उम्मेददारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमालेले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डी आर घिमिरेले रातोपाटीलाई जानकारी दिए ।

उनले निर्वाचन प्रक्रियासँग सहमतिको प्रयास पनि जारी रहेको जानकारी दिए । दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस