
दाङ, २३ भदौ ! अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी तुलसीपुरनगर समितिले तिज मिलन कार्यक्रम २०८० सम्पन्न गरेको छ ।

माओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी तुलसीपुरनगर समितिले आज तुलसीपुर उपमहानगरपालिका वडा न. ५ प्रगतीशिल टोलमा विकाश सस्थाको हलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र निर्वाचन अयोग केन्द्रिय अध्यक्ष कुबेर वलीले यो पुराना परम्परा गत चिन्तनलाई चिड्दै अबका महिला दिदिबहिनीहरुले नयाँ तरिकाले हरेक चाडपर्व मनाउनुपर्ने बताएका हुन् ।

आफ्नोपाटी हिजो महिला उत्पीडितका विरुद्ध धेरै लडेको तर आफुहरु बिचमा कहिँ कतै चुकेको कारण अधिकांश दिदीबहिनीहरु आफू हरुबाट बिचलित हुने संगै आफुहरुले चाएको जस्तो परिवर्तन नहुदा अझै त्यहीँ पुरानो संस्कारमा हुर्किन बाध्या भएको बताएका हुन।
यो सबै अहिले जे भैरहेको छ यस्को मुल समस्या पाटीका शिर्ष नेतृत्व हरु बरबरिएर रुपान्तरण हुने आफूहरु सहर पसेपछि सबै जनता बिर्सने र वर्गीय रुपने रुपान्तरण हुँदै आइरहेको हुँदा फेरि आफुहरु जसरी हिजो जनताको घरमा जान्तिउ तेसरी नै एक चोटि फेरि जनताको घर घरमा जान पर्ने अवस्था आएको उनले बताएका हुन् ।
ब्यबस्था फेरिए पनि जनताको अवस्था नफेरिएको र यतिवेला अवस्था बदल्ने नै ऐतिहासिक कार्यभार भएको हुदा समाजवादको अाधार तयार पार्न नयाँ विचार र विधि निर्माण गर्दै जनसंबन्ध सुदृढ गर्न तीन महिले जनतासंग माअोवादी विशेष रुपान्तरण अभियान सुरु गरेको पनि उनले वताएका हुन उनु ।
यस्तै आफ्नो मन्तव्य राख्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकि केन्द्रिय सचिवालय सदस्य पुनम शेर्पाइलीले आफुहरुले लडेर ल्याएको व्यवस्थाबाट पनि धेरै महिलाहरु अझै पछाडी परेको बताएका हुन ।

यस्तै उहाले राज्यका हरेक निकायमा पित्तृसत्ताको दबावले गर्दा धेरै महिलाहरू एकदमै दमित भएर बस्नुपर्ने बाध्यता भएको बताएकी हुन। तपाई हामी धेरै दिदिबहिनीहरु आफ्नो श्रीमानको आयु लामो होस् भन्नी सोचेर नखाइ नखाइ व्रत बस्ने जस्ता चलन अझै रहेको हुदा त्यस्ता भ्रम बाट मुक्त हुन आवस्यक रहेको र इतिहासका निर्माता जनतासंग पुगेर अात्माअालोचना सहित पार्टी संगै सम्पुर्ण महिलाहरुलाई राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने संकल्प सहित अभियानमा सबै दिदिबहिनीहरु लामवद्द हुन पनि आग्रह गरेकी हुन् ।
अब इतिहासका निर्माता जनतासंग पुगेर अात्माअालोचना सहित पार्टीलाइ राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने संकल्प सहित अभियानमा सबै लामवद्द वनौ। समाजवादी शक्ति र धाराद्वारा मात्र अवस्था बदल्न र समाजवाद निर्माण गर्न संभव छ ।

अ ने म संघ ( क्रान्तिकारी ) तुलसीपुर उपमहानगरपालिका उपाध्यक्ष पबित्रा बुढाथोकी को स्वागत मन्तव्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी तुलसीपुर नगर कमिटी अध्यक्ष सीताराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलक शेर्पाली , लुम्बिनी प्रदेश कमिटी सदस्य मिना बुढा ( चौधरी ) , तुलसीपुर उपमहानगरपालिका वडा न. १६ का वडा अध्यक्ष शिबानन्द डागी , तुलसीपुर उपमहानगरपालिका वडा न. १२ का अध्यक्ष खुशि राम चौधरी लगायतले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण बालिका बुढाथोकीले गरेकि थिईन ।
