दाङ, २५ भदौ । अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी प्रदेशको बैठक बसेको छ । नेकपा माओवादी केन्दको्र ‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ लाई सफल पार्न भर्चूअलको माध्यमबाट बैठक बसेको हो ।
बैठकले एक वडा एक महिला सदस्य अनिवार्य परिचालन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेशका ईञ्चार्ज दामा शर्माले जानकारी दिनुभयो । बैठकले अभियानमा संलग्न हुने महिलाले संगठनको सदस्यता अनिर्वाय लिन भनिएको छ । बैठकले प्रदेशका १२ जिल्लामा रहेका प्रत्येक पालिका र वडा स्तरसम्म संगठन विस्तार गर्ने र हुन बाँकी रहेका जिल्ला भेला समेत समयमै सक्ने निर्णय गरेको शर्माको भनाई छ । बैठकलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष शर्माले प्रत्येक जिल्लामा रहेका सामाजिक संघ संस्थाको नेत्रित्व अखिल नेपाल महिला संघ क्रान्तिकारीमा आबद्ध महिलाहरुले लिनुपर्ने धारणा राख्नुभयो ।
यसका साथै तीन महिने अभियानका क्रममा जनयुद्धको समयमा शाहदत प्राप्त गर्ने महिलाको विवरण संङकलन गरी केन्द्रमा पठाउँन निर्देशन दिनुभयो । बैठकले गाउँ समाजमा महिला माथी हुने हिंसा नियन्त्रण गर्न सबैमा आग्रह गरेको छ । बैठकमा १२ जिल्लाका महिलाहरुको सहभागीता रहेको थियो ।