
काठमाडौं, २७ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार विहान ११ बजे अन्त्येष्टी गरिने भएको छ ।
उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टी गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनमा सरकारले भोलि सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।
प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार