
दाङ, ३० भदौ । दाङमा ६५ वर्षीया महिला बलात्कृत भएकी छन् । बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका-१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकलाई पक्राउ गरेको हो ।
वृद्ध महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार