२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

खसी कपकोको बिजेता बन्यो राप्ती किङ

लक्ष्मण बस्नेत
दाङ, ३० भदौ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर फेलोसिप खसी कप भलिबलको बिजेता बनेको छ ।

फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसिपुर ५ ले आयोजना गरेको प्रतियोगिताको आज सनिवार सम्पन्न फाईनल खेलमा हेलो मोबाईल सेन्टर तुलसिपुर लाई २६-२८,२१-२५, २५-२१,२५-१७ र १५-११ अर्थात ३-२ को सेटमा पराजित गर्दै राप्ती किङ बिजेता बनेको हो ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर ६ को खेल मैदानमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा बिजेता बनेको राप्ती किङ ले २५ हजार बराबरको खसी तथा मेडल पुरस्कार हात पार्दा हेलो मोबाईल उपबिजेतामा सिमित रहदै मात्र मेडलमा चित्त बुझाउन बाध्य भएको आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऎरिले जानकारी दिनु भएको छ । भदौ २८ गते देखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

यसैबिच बिजेता टिम तथा खेलाडी लाई आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरि,दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत,तेक्वान्दोका अन्तराष्ट्रीय खेलाडी मोहन सुनार, भलिबलका राष्ट्रिय रेफ्री तथा FIVBA का लेवन वान कोच द्रोण चन्द लगाएतले पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एच. आर. मगरले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस