२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

नेकपा- विप्लवका पूर्वजिल्ला सेक्रेटरी किरण डिसी माओवादीमा फर्किए

दाङ, ५ असोज । नेकपा (विप्लव) दाङका पूर्वजिल्ला सेक्रेटरी किरण डिसी नेकपा माओवादी केन्द्रमा फर्किएका छन । माओवादी केन्द्रले थालेको ‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’को क्रममा तुलसीपुरमा आयोजित तुलसीपुर नगर बैठकका क्रममा पार्टीका स्थायी कमिटी सदस्य एवंम् अभियानका दाङ जिल्ला संयोजक जयपुरी घर्ती र निर्वाचन आयोगका संयोजक कुवेर ओलीले डिसीलाई फर्काएका हुन । घर्ती र ओलीले टिकामाला र अविर लगाएर स्वागत गरेका हुन । यद्धकालिन समयमा कुशल नेत्रित्व गरेका डाँगी केही समय अघि विप्लब नेत्रित्वको नेकपामा प्रवेश गरेका थिए । त्यस अबसरमा बोल्दै डाँगीले नागरिकको अबस्था सुधार गर्न देशमा कम्युनिष्ट पार्टीका बिचमा ध्रुबिकरण आबश्यक रहेको बताएका छन ।

बैठकमा बोल्दै संयोजक घर्तीले पार्टीले थालेको तीन महिने अभियानलाई व्यवस्थित गर्न आम कार्यकर्ता आग्रह गरेकि हुन । घर्तीले जनतासंग माओवादी छ भन्ने बुझाउँन आफूहरु जनताका घरमा आएको बताएकि हुन । घर्तीले नेपालको राज्य सत्ता परिवर्तन गर्ने र उत्पिडित,वर्ग,समुदाय महिला,दलितलाई राज्य सत्तामा पुर्याउने काम माओवादीले गरेको बताउँदै यो बिषय आम नागरिकले बुझनु पर्ने धारणा राखेकि हुन । बैठकमा स्थानिय नेता कार्यकर्ता उपस्थिती थियो ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस