दाङ, ६ असाेज । दाङ बबई गाउँपालिका वडा नं. ५ खयरभट्टीबाट विभिन्न पार्टी परित्याग गरि ३० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमाले, काँग्रेसलगायतबाट प्रवेश गरेकाहरूलाई लुम्बिनी प्रदशका अर्थ मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका हुन् । साेही वडामा ईतिहासमै पहिलाे पटक १५ कराेड बजेट आएकाे भन्दै पश्चिम दाङमा आएकाे बजेटले विकासमा गति लिने नवप्रवेशीहरूले बताएका छन् । जनताले विकास नै चाहेकाे भन्दै त्याे विकास आफूहरूले पाउन जनताकाे आशा छ । त्यस अवसरमा मन्त्री मास्कीले जनताले बिकास चाहेरै आफूलाई जिताएकाे भन्दै अहिले मन्त्री भएपछि जनतामाझ आउदा उभाराे नआएकाे बताए ।
उनले आफूले थुप्रै बजेट र याेजना ल्याएर जनताकाे माझमा आएकाे बताए । त्यस अवसरमा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य भिमबहादुर वलीलगायतकाे सहभागिता रहेकाे थियाे ।