
दाङ, ६ असोज । पत्रकार चेतन वली सम्मानित भएका छन । दाङको तुलसीपुरमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पत्रकार वलीलाई सम्मान गरेको हो ।
संस्थाका गतिविधिहरुलाई सञ्चारको माध्यमबाट समुदायमा सम्प्रेसन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार वलीलाई सम्मान गरिएको संस्थाका निवर्तमान अध्यक्ष तथा हालका प्राविधिक सल्लाहकार रुप बहादुर खत्रीले जानकारी दिएका हुन ।
उनलाई संस्थाको १३ औ साधारणसभाको अवसरमा आज सम्मानपत्रसहित सम्मान गरिएको हो । पत्रकार वली तुलसीपुरमा रहेको रेडियो प्रकृती एफएममा कार्यरत छन।
प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार