२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ – रवि लामिछाने

दाङ, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलहरू वा आफ्नो दलमध्ये एकको राजनीतिक सटर अन्त्य हुने बताएका छन् । लामिछानेले ठूला दलहरूकै वितृष्णाका कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताएका छन् ।

शनिवार दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गर्न पनि ठूला दलहरूलाई आग्रह गरे ।

जनताका पक्षमा काम गर्ने र भ्रष्ट दलहरू एक ठाउँमा रहन नसक्ने भन्दै उनले २०८४ को निर्वाचनले कि आफूहरूको कि भने ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने पनि बताए । सभापति लामिछानेले अहिले सरकारले भष्ट्राचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गरेको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस