काठमाडौं, २५ असोज । झापामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले कार्यकर्ताको गाडी फुटाइएको छ ।
पहिचानवादीको भेलामा केही युवा मिसिएर अर्जुनधारामा भएको एमालेको कार्यक्रममा गाडी तोडफोड गरिएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार