२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

तरुणदल तुलसीपुर द्वारा रक्तदान,तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ  २७ असोज । नेपाली काङ्ग्रेसको भातृसंगठन तरुण दल तुलसीपुर नगर कमिटीले रक्तदान,तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

विजया दशमी , शुभ दिपावली तथा छठ पर्व नजिकिदै गर्दा तरुण दल तुलसीपुर नगर कमिटीले आज तुलसीपुरको बि.पि चोकमा दशै , तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा रक्तदान,कार्यक्रम सम्पन्न गरेको हो।

नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा तुलसीपुर क्षेत्रका अस्पतालमा बिरामीहरुको लागि रगत अभाव भै ज्यान गुमाउन नपरोस् भनि आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दल तुलसीपुर उपमहानगरपालिका अध्यक्ष कमल घर्तीले जानकारी दिएका हुन ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति शंकर प्रसाद डाँगी , क्षेत्रीय सभापति जगत बहादुर खड्का , प्रदेश क. देवेन्द्र रिजाल , प्रदेश ख. खिम वहादुर वलि , नगर सभापति सुरेश हमाल , क्षेत्रीय सचिव शोभाकर सापकोटा , संबिधान सभा सदस्य बुद्धिराम भण्डारी , महाधिवेशन प्रतिनिधि , देबिका नेपाली , सुशिला सुवेदी , घनश्याम ढकाल , बिमल रिजाल शान्तिनजर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत ,तुलसीपुर उपमहानगरपालिका वडा न.५ का अध्यक्ष बिरेन्द्र शाह 

१० का अध्यक्ष यमराज के सी नेपाल विद्यार्थी संघ (ने.बि.संघ) का विद्यार्थीहरुको सहभागी रहेको थियो भन्ने कार्यक्रम सहजीकरण केशब न्यूपाने ले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस