२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

नेपाल तरुणदल तुलसीपुर नगरद्वारा दशै मिलन कार्यक्रम तथा कार्यसमिति बिस्तार

दाङ, २८ असोज । नेपाल तरुणदल तुलसीपुर नगर कार्यसमितिले आयोजना गरेको दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका बिच कार्यसमिति बिस्तार गरको छ । नेपाल तरुणदल तुलसीपुर नगरले वस्टर्न पार्टि प्यालेस तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरिएको हाे । नेपाल तरुणदल तुलसीपुर नगरका का.बा अध्यक्ष सुरेन्द्र सिंह राठाैरकाे अध्यक्षतामा उक्त कार्यक्रम भएको हाे ।

नेपाल तरुण दल तुलसीपुरका का.बा अध्यक्ष सुरेन्द्र सिंह राठाैरले समिति बिस्तार गरेका हुन । नेपाली काङ्ग्रेसका केन्द्र सदस्य गेहेन्द्र गिरिकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हाे । उपाध्यक्षमा केशव भुसाल र सहसचिवमा सुमन केसी नियुक्ति भएका छन् । त्यस्तै सदस्यमा दिपेस गिरि , आकाश सिङ र स्टार जि.याम नियुक्ति भएका छन् ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस