
दाङ, ६ कार्तिक । नेकपा एमाले का महासचिव शंकर पोखरेलले चाडपर्वले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएका छन । वडा दशै, शुभ दीपावली तथा छठ पर्वको अवसरमा तुलसीपुर-१९ मा रहेको नयाँ पाइला पुर्नःस्थापना केन्द्रको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन ।

पोख्रेलले चाडपर्वले संस्कृतिका नाममा फैलिएका विकृतिलाई नयाँ पुस्ताले हटाउँदै जानुपर्ने बताएका हुन। नेपालमा खुला सीमाका कारण लागुपदार्थ दुव्र्यशनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष अभियान थाल्नुपर्ने बताएका हुन । उनले समाजमा बढ्दो दुव्र्यशनी हटाउन गृह मन्त्रालयको मात्रै पहलले नहुने भन्दै विद्यालय तहबाटै सचेतनाका कार्यक्रम गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा बोल्दै नगरप्रमुख टीकाराम खड्काले पालिकाको तर्फबाट लागुपदार्थ दुव्र्यशनी न्यूनिकण गर्न सचेतनाको कार्यक्रम गरेपनि विद्यालय तहसम्म नपुग्दा प्रभावकारी बन्न नसकेको बताएका हुन । उनले प्रहरीको सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताएका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले देशकै जनशक्ति युवा लागुपदार्थ दुव्र्यशनमा फसि रहेकाले यसको नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएका हुन।
दाङ जिल्ला उद्योग बाणिज्य संघका प्रमुख बसन्त कुमार जोशी, साक्षर नेपाल दाङका अध्यक्ष बिन्दु गिरी, डिल्ली केसी, शकर आषिश आचार्य, बसन्तबहादुर पुन, डिल्लीबहादुर रावत लगायतले लागु औषधको दुव्र्यशनी पछिल्लो समय धेरै बढेकाले यसको नियन्त्रणका लागि सरोकारवाला निकाय, गाउँ समाज सबैले सोच्नुपर्ने बताएका हुन् । केन्द्रका सल्लाहकार सुनिल पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा आमन्त्रीत सबैलाई संस्थाका सल्लाहकार शुष्मा लामिछानेले धन्यावाद ज्ञापन गरेकि हुन ।
संस्थाका सल्लाहकार सुन्दर गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रेस संयोजक गोकर्ण पौडेलले गरेका थिए ।