
दाङ, १० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले शनिबार तुलसीपुरमा चियापान कार्यक्रम आयोजना गर्ने भएका छ । नेपालीहरुका महान पर्व दसैं, तिहार, छठ लगायतको अबशर पारी काँग्रेस केन्द्रीय सदस्य गिरीको तर्फबाट शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक ११ गते तुलसीपुरमा आयोजना गर्न लागेका हुन ।
काँग्रेस संस्थापक तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोईरालाले सुरु गरेको अभियानलाई पच्छयाउँदै केन्द्रीय कार्यालय पनि चियापान कार्यक्रम गर्दै आएको छ । पूर्व जिल्ला सभापति तथा पूर्व माननियसमेत रहेका नेता गिरीले आपसमा भाइचारा स्थापित गर्न तथा शुभकामना साटासाट गर्न चियापान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रम दिउँसो १ बजेपछि तुलसीपुरस्थित एकान्ट होटेलमा सुरु हुने नेता गिरीले जानकारी दिएका छन् । कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताका, शुभेच्छुक संघ संस्था, भातृ संगठनलाई निम्त्याइएको छ ।