काठमाडौ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनिहरुबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डको बोलाएपछि ओली उनलाई भेट्न सिँहदरबार पुगेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले ओलीसँग छलफल गरेको बुझिएको छ ।
गुटेरसले नेपाल भ्रमणका क्रममा प्रतिपक्षी दलका नेता ओलीलाई पनि भेट्नु हुनेछ ।
उक्त भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा चासो राख्न सक्ने भएकाले सबैको एउटै आवाज होस् भन्ने हिसाबले प्रधानमन्त्री प्रचण्डले छलफल गर्न खोजेको बताइएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार