२०८३ जेष्ठ २८ गते बिहिवार | 2026 June 11th Thursday

ऋषि धमलालाई एमालेमा आउन कोमल वलीको प्रस्ताव

काठमाडौं, १२ कार्तिक । नेकपा (एमाले) की नेतृ कोमल वलीले २०८४ मा हुने आम निर्वाचन लड्नको लागि तयारी गर्न पत्रकार ऋषि धमलालाई सुझाव दिएकी छिन् । हिजो प्राइम टिभीको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएकी हुन् ।

उनले विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरु राजनीतिमा आउनुपर्ने धारणा राख्ने क्रममा पत्रकार धमलालाई पनि ०८४ को निर्वाचनमा भाग लिनेगरि तयारी गर्न सुझाव दिएकी हुन्। उनले भनिन्–‘ऋषिजी, तपाईँ पनि ०८४ को निर्वाचनमा तयारी गर्नुहोस ।’ यद्धपी धमलाले आफूलाई धेरै दलबाट चुनाव लड्नको लागि प्रस्ताव आइरहेको र आफूले अस्विकार गर्दै आएको स्मरण गराए । वलीले भने अन्तिममा धमला चुनाव लड्ने अनुमान सुनाउँछिन् ।

उनले थपिन्,‘तर, लास्टमा तपाईँ चुनाव लड्नुहुन्छ होला । तपाईँंको लोकप्रियता यसो हेर्दाखेरि, सबै ठाउँमा युवाहरुको तपाईँं आकर्षण हुनुहुन्छ । तपाईंले सामाजिक मुद्दाहरुलाई उठाइरहनुभएको छ । लोकतन्त्रको लागि मिडियामार्फत खबरदारी गरिरहनुभएको छ । तपाईँ चुनाव लड्नुभयो भने जित्नुपनि हुन्छ । आउनुहोस एमालेमा तपाईँंलाई स्वागत छ । एमालेको सदस्य भएर देशको सेवा गर्न पाउनु ठूलो कुरा हो ।’

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस