२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

रेडियो प्रकृतिको अध्यक्षमा नारायण खनाल

दाङ, १७ कार्तिक ।  दाङको रेडियो प्रकृति एफएम सञ्चालक समितिको अध्यक्षमा नारायण खनाल निर्वाचित भएका छन । रेडियो प्रकृति एफएम सञ्चालक समितिको विशेष भेलाले खनालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । 

अध्यक्ष खनाल तुलसीपुरका प्रतिष्ठित सफल व्यवसायीका रुपमा चिनिन्छन भने तुलसीपुर उद्योगवाणिज्य संघको सल्लाहकार हुँदै हाल उद्योगवाणिज्य महासंघ लुम्बिनी प्रदेशको सल्लाहकारको भूमिकामा रहेर सामाजिक कार्यमा  सक्रिय छन । जसको उपाध्यक्षमा रामप्रसाद चालिसे, सचिव मेघराज भुसाल र कोषाध्यक्षमा सेवकराम भण्डारीलाई चयन गरेको छ ।   

त्यसैगरी समितिको सदस्यमा भारती पाठक, विष्णु भुसाल, संगीत बस्याल, भागीराम चौधरी, कुल प्रसाद चापागाईँ चयन भएका हुन । यसैबीच एक कार्यक्रमका बिच शुक्रबार पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रेडियो सञ्चालक समितिका निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद पोख्रेलको अध्यक्षता एवम् रेडियोका संस्थापक अध्यक्ष तथा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा रेडियो सञ्चालक समितिका सल्लाहकार बलदेव शर्मा, समितिका सदस्य कृष्ण प्रसाद भुसाल, विज्ञापन प्रमुख प्रेमकुमारी मगर लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस