२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

भारती शेर्पा मानन्धर र एमालेका अध्यक्ष केपी ओली बिच बालकोटमा भेट

काठमाडौँ, १७ कार्तिक ।  नेपालगञ्जमा हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन । 

आफ्नो न्यायको लडाइँमा साथ दिएको भन्दै शेर्पा ओलीलाई  धन्यवाद दिन बालकोट पुगेकि हुन । आज बिहान भारती न्यायको पक्षमा उभिएर आफूलाई सहयोग गरेको भन्दै अध्यक्ष ओलीलाई धन्यवाद दिन बालकोट पुगेकि हुन ।

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्यामा संलग्न प्रमाणित भएपछि जन्मकैदको सजाय पाएका गुन्डा नाइके योगराज ढकाल रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने  गरी गरेको निर्णय बिहीबार बदर गरेको थियो । निर्णय बदर गर्ने बित्तिकै प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकेको छ । 

अध्यक्ष ओलीसँगको भेटका क्रममा भारतीले  न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिएकि हुन । अध्यक्ष ओलीले पनि  सत्यको जीत भएको बताएका छन ।  

अध्यक्ष ओलीले भारतीलाई स्वास्थ्यको ख्याल राख्न सुझाव समेत दिएका छन । वलिले भारतीलाई राम्रो उपचार गराउन पनि आग्रह गरेका छन । 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस