
दाङ,२ मंसिर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ आदर्शनगर टाेलबाट ६० जना भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आईतबार भएकाे जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत भएकाे कार्यक्रममा साेही बराबरका युवा प्रवेश गरेका हुन् । नब प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् ।
त्यस अवसरमा मन्त्री मास्कीले आफू जनताकै मतले विजय भएकाले जनताकै हितमा काम गर्ने बताएका छन् । एमाले, काँग्रेसलगायतबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। हेमराज विकसहितकाे टाेली प्रवेश गरेका हुन् ।
प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार