२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

सल्यानको कपुरकोटमा विभिन्न पार्टी परित्याग गरि १५० भन्दा बढी माओवादी केन्द्रमा प्रदेश 

सल्यान, ८ मंसिर । सल्यान को कपुरकोटमा १५० जना भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विहिबार भएको जनतासंग माओवादी विशेष रूपान्तरण अभियान संकल्प सभा अन्तरगत भएको कार्यक्रममा विभिन्न वडा बाट एमाले, काँग्रेस, राप्रपा, स्वतन्त्र बाट गरि १५० बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व कानुन मन्त्री एवम् तिन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सल्यान जिल्ला संयोजक गणेश गणेश भण्डारीले पार्टी प्रवेश गर्नेहरु लाई उज्ज्वल भबिस्यको कामना गर्दै ८४ सालमा माओवादी केन्द्रलाई बहुमत दिने हो भने देशमा धेरै ठूलो परिवर्तन हुने बताएका थिए । देशको विकाश गर्न को लागि सबै माओवादी हुनु पर्ने समेत व्यक्त गरेका थिए । 

जनतासंग माओवादी विशेष रूपान्तरण अभियान संकल्प सभा अन्तरगत कार्यक्रममा सहभागी हुने संघ सस्था क्लब हरुलाई सम्मान समेत गरिएको थियो ।

पार्टीका कार्णाली प्रदेश कमिटी सदस्य तिर्थराज बस्नेत “प्रतीक” को सभा अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व कानुन मन्त्री एवम् तिन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सल्यान जिल्ला संयोजक गणेश भण्डारीको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रमको सहजीकरण पार्टिका कपुरकोट गाउँपालिका कमिति अध्यक्ष प्रकाश भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस