२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

लोक सेवा आयोगले गण्डकी प्रदेश माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं, १३ मंसिर । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका चौथौँ तहका विभिन्न प्राविधिक\अप्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले पुस ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस १० गतेसम्म अनलाइन प्रणालीमार्फत https:\\onlineppsc.gandaki.gov.np\ आवेदन दिन सक्नेछन् । आवेदक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर सङ्घीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्नेछैन।

तर, स्थानीय सेवाका खुला प्रतिस्पर्धाद्वारा पूर्ति हुने पदहरूमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १९ को खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांशको देहाय (४) बमोजिम संवत् २०६३ सालभन्दा अगाडिदेखि साबिक स्थानीय निकायको दरबन्दीमा अस्थायी वा करारमा नियुक्ति भई निरन्तर रुपमा कार्यरत रहेका कर्मचारीको हकमा यस विज्ञापनमा उमेर हद लाग्नेछैन । दरखास्त दस्तुर ५०० रुपैयाँ र समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले थप समूहको १५० रुपैयाँ बुझाउनुपर्नेछ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस