काठमाडौ, १५ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको शुक्रबार अनुगमन गरेका छन । भक्तपुरको सुर्यविनायकदेखि जडिबुटीसम्म मन्त्री आफैँले सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन् ।
गत असोज ३ गतेदेखि सुरू भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सञ्चालनमा छन् । भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताए ।
प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार