२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

राष्ट्रघाती एम.सिसी. सम्झौता कुनैपनि हालतमा लागू हुन दिदैनौ प्रवक्ता-बास्तोला

काठमाडौ, १८ मंसिर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले  कुनै पनि हालतमा राष्टघाती एम सि सि सम्झौता लागु हुन् नदिने बताएका छन् ।

दाङको घोराहीमा पाँच नम्बर प्रदेश समिति द्वारा आयोजित राष्ट्रघाती एम सि सी सम्झौता खारेजीको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बास्तोलाले कुनै पनि हालतमा राष्टघाती एम सि सि सम्झौता लागु हुन् नदिने बताएका हुन् ।

यस्तै आफ्नो पाटी हिजो देखिनै जनता जनजिबिकाको पक्षमा उभिदै आइरहेको हुँदा सम्पुर्ण राष्ट्रघाती सम्झौताको विरुद्ध आफूहरुले दोस्रो चरणको जनप्रतिरोध संघर्ष कार्यक्रम अगाडि बढाउने घोषणा समेत गरेका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला ” कंचन” को प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा अन्य अतिथिका रुपमा प्रदेश ईन्चार्ज प्रेम सुवेदी अतिथि वक्ताको रुपमा बुद्धिजिवी रामप्रसाद जैसी, जनप्रतिरोध अभियानका प्रतिनिधि प्रमोद धिताल , नेकपा दाङका सचीव जनक सी , राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य , माओवादी केन्द्र दाङ सचिव विश्वराज आचार्य , नेकपा ( मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारी रहेका थिए । कार्यक्रममा सहभागी सबै वक्ताहरूले एमसी खारेजीको पक्षमा पार्टीले गरिरहेको संघर्ष एक्यवद्धता जाहेर गरेका छ्न ।

पार्टीका प्रदेश सह-संयोजक निरजकुमार केसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको संचालन पार्टीका केन्द्रीय सदस्य विरेन्द्र शाहले गरेका थिए । भने स्वागत मन्तव्य पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले राखेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस