२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

अखिल (क्रान्तिकारी) तुलसीपुर नगरको तेस्रो सम्मेलन हुँदै

दाङ, १८ पौष । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले तुलसीपुर उपमहानगर कमिटीको सम्मेलन गर्ने भएको छ ।

संगठनले तुलसीपुर नगरको तेस्रो सम्मेलन भोलि विहान ८ बजेदेखी तुलसीपुरको भुह्यारथानमा गर्ने जनाएको छ ।

संगठनका पश्चिम दाङ जिल्ला अध्यक्ष नवीन सीले भोलि तुलसीपुरमा हुने सम्मेलनको उद्घाटन नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले गर्ने जानकारी दिएका हुन । साथै उनले संगठनले सम्मेलनमा उपस्थितिका लागी प्रतिनिधि / पर्यवेक्षक बिद्यार्थीहरुलाई जानकारी गराइएको समेत बताएका हुन । 

संगठनले “ समाजवादी शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन , सुदृढ संगठन तथा शैक्षिक अधिकारका पक्षमा तेस्रो नगर सम्मेलन” भन्ने नारा सहित सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस